‘जीवन, यस्तो अध्यात्म सम्बन्धको विषयमा मेरो अनुभव, ज्ञान, केही पनि छैन, तर, तिम्रो पोष्टहरू रुचिसाथ पढ्छु र बेलाबेलामा आफ्नै किसिमले रमाउँछु, र बिर्सन्छु । तर, केही नबुझे पनि वर्तमानको बारेमा मलाई लागेका केही कुरा लेखूँजस्तो लाग्यो । वर्तमान भूतको अन्त हो, भविष्यको आदि हो, त्यसैले वर्तमान भूत र भविष्यको साँध मात्र हो । यो मात्र एउटा अवधारणा हो, यसको आफ्नो अस्तित्व सम्भव छैन । वर्तमान एउटा विच्छेद– बिन्दु हो, यसलाई प्राप्त गर्न सकिँदैन । तर, यसलाई भूतको निम्ति अन्तिम सीमा–बिन्दु र भविष्यको निम्ति प्रारम्भ–बिन्दुको रूपमा प्रयोग गर्न जरूर सकिन्छ ।’
त्यसको दुई दिनपछि फेरि त्यसैको मुन्तिर अर्को लेख्यौ ।
‘जीवन, मेरो लेख्ने बानी छैन, अहिले हेर्दा त मेरो लेखाइको अर्थ उल्टो पो भयो जस्तो लाग्यो । मलाई लागेको यस्तो हो ः भविष्य अहिले (वर्तमान) देखि अनन्तसम्म अथाह फैलिएको छ ।
त्यस्तै अहिले (वर्तमान) देखि सृष्टीसम्म भूत पनि अथाह छ । वर्तमान त यी दुइ अथाहको साँध मात्र हो, र साँधको कुनै माप हुँदैन, अस्तित्व हुँदैन । तर, यो साँधमा अविरल रूपमा भविष्य भूतमा विलय भैरहेको हुन्छ । बाँकी कुनै बेला पछि ।’
यद्यपी; दोस्रो विचार पनि कम्ताको छैन । तर, तिम्रो पहिलो विचारले नै मेरो मनलाई दोस्रोले भन्दा बेसी तानेको छ । किनभने त्यसमा वर्तमान क्षणलाई तिमीले अनन्त–स्पर्शी (एसिम्प्टोट) बिन्दुरेखाको अवधारणा मा ढालेका छौ । जसलाई दायाँ–बायाँ अर्थात् भविष्य–भूत दुवैतिरका रेखाहरूले छुन सक्तैनन् । यो बिन्दु्रेखा भने स्वयंमा अनन्त छ र व्यापक छ । अनि, यो नै भूत र भविष्यको अर्थात् समय–प्रवाहको स्रष्टा पनि हो । मेरो विचारमा, प्रकृति त्यति निष्ठुर छैन कि हामीले मन लगाएर गरेको काम त्यत्तिकै खेर जाओस् ! मान्छेले बिर्सिँदै–बिर्सिँदैन भन्न खोजेको होइन मैले । तर, मलाई एउटा कुरामा शंका छ–त्यो के भने जेलाई बिर्सियौँ भन्छौँ हामी । भूत अनन्त होइन । किनभने त्यो सृष्टिको क्षणबाट शुरू भयो । भविष्य पनि अनन्त होइन । किनभने त्यो महा–प्रलयमा गएर अन्त्य हुन्छ, हाम्रो पूर्वीय मान्यता अनुसार । र, अनन्त कतै हुन्छ भने यही विच्छेद–बिन्दु वा विच्छेद– रेखा (एसिम्पटोट) मा हुन्छ । किनभने त्यहाँ समयले ’महाकाल’को रूप धारण गरेको हुन्छ । मलाई वर्तमान क्षणमा हुनुको अनुभव छैन, किनभने म त्यसमा टिक्नै सक्तिनँ । कारण बताउँदैछु । हो, वर्तमान क्षणरूपी त्यही बिन्दु्रेखामा टेकेर केही दुर्लभ व्यक्तिहरूले परमात्मास्वरूप प्राप्त गरेका छन्, इतिहासले भन्छ । समयको कुरालाई छाडौँ एकछिन, किनभने हामी भौतिक समयको बारेमा कुरा गरिरहेका छैनौँ यहाँ । हामी यहाँ त्यो वर्तमान क्षण, आध्यात्मिक अनुभूतिको हिसाबले भन्नुपर्दा, जुन समयको परिभाषाभित्रै पर्दैन, को बारेमा कुरा गर्दैछौँ । भौतिक समयकै कुरा गर्ने हो भने पनि सृष्टिअघिको त्यो प्रचण्ड अवस्था (महाङ्काल्ब्याकहोल) मा न समय (त) थियो, न त स्थान (क) थियो । वैज्ञानिकहरू यसै भन्छन् । समय हुनको लागि पदार्थमा गति (ख) हुनुपर्छ र गति हुनको लागि स्थान हुन अनिवार्य मानिन्छ । स्थान खुम्चेर (क–य) शून्य सरी भएको त्यो अवस्थामा गति हुने सवालै उठ्दैन (ख–य), किनभने यताउती गर्ने ठाउँ खै र त्यहाँ ? र, गतिको अभावमा समय पनि रहँदैन (त–य) । यो भनेको पूर्णतः अनिश्चित, अनिर्णित, अवर्णनीय र अपरिभाषित अवस्था (ख.करतस य.यरय) हो ।
स्टेफेन हकिङ्गले भनेका छन्, त्यहाँभित्र (ब्याकहोलको गर्भभित्र) कुनै पनि भौतिक नियमले काम गर्दैन, र त्यसैले, यसलाई यहीँ छाडौँ । आश्चर्यको कुरो, हाम्रा उपनिषद–कालीन ऋषिहरूले पनि यही भनेका छन्, गणितका सूत्रहरू प्रयोग नगरिकनै । तिमीले भनेका तीन कुराहरू साह्रै घतलाग्दा छन् । त्यसैले मलाई यहाँ उल्लेख गर्न मन लाग्यो ः ‘… रुचिका साथ पढ्छु…आफ्नै किसिमले रमाउँछु र बिर्सन्छु ।’ मान्छेले पढेका कुराहरू बिर्सिन्छन् । स्वाभाविक नै होला त्यो। प्रश्न उठ्छ ः तर, के (१) कुनै विषयलाई रुचिसाथ पढ्नु, (२) त्यसमा आफ्नै किसिमले रमाउँनु र (३) त्यसलाई बिर्सिनु–यी तीन प्रक्रिया एकसाथ घट्न सम्भव छ ? अर्को शब्दमा, मन लगाएर वा ध्यान दिएर गरिएको कुनै पनि कामलाई त्यति सजिलै बिर्सन सकिन्छ ? यसरी पढेका्सुनेका कुनै पनि कुरालाई बिर्सेको हो र हामीले वास्तवमा ?
मेरो विचारमा, प्रकृति त्यति निष्ठुर छैन कि हामीले मन लगाएर गरेको काम त्यत्तिकै खेर जाओस ! मान्छेले बिर्सिँदै–बिर्सिँदैन भन्न खोजेको होइन मैले । तर, मलाई एउटा कुरामा शंका छ–त्यो के भने जेलाई बिर्सियौँ भन्छौँ हामी । वास्तवमा हामीले त्यसलाई नबिर्सेको पनि हुनसक्छ र त्यो हाम्रो स्मृतिबाट नहराएको पनि हुनसक्छ । यदि नहराएको हो भने त्यो कहाँ गएर बस्छ त आखिर ? यो प्रश्नको जवाफ मनोविदहरूसँग होला । सबै हराएर जाँदैनन् भनेर मेरो अनुभवले चाहिँ पटक पटक भन्ने गरेको छ । कहिलेकाहीँ मलाई पनि हुन्छ त्यस्तै । खै मलाई मात्रै हुने हो कि अरूलाई पनि हुने होऽ थाहा छैन । जुन कुरालाई म अलिक ध्यान दिएर पढ्न्सुन्न खोज्छु, झन्रु त्यसैलाई चाँडै बिर्सेको हो कि भन्ने भान हुन्छ मलाई । तर, हराएको होइन रहेछ भन्ने कुरा कतिखेर खुल्छ भने कुनै ऐन–मौकामा खै कताबाट हो कुन्नि, त्यो टुप्लुक्क देखापर्न आउँछ, खास गरी लेख्न बस्दा। कहाँबाट आउँछ त्यो म जान्दिनँ । मैले खोजेर वा बोलाएर आउने पनि होइन त्यो । सम्झिन खोज्दा–खोज्दै हत्तु भइन्छ, तर, त्यो आउँदैन ।
जाँच दिन बस्दा पढेका कुराहरू खर्र आएजस्तो आइदिने होइन त्यो। तर, त्यो आउँछ, आफ्नै मर्जीले आउँछ ।
कुनै बेला मलाई कस्तो अप्ठ्यारो पर्छ भने विचार्विषय आउँछ, लेखुँजस्तो पनि लाग्छ, तर, कुन पुस्तकबाट वा कसको भनाइ हो सम्झिनँ सक्तिनँ । र, त्यसैले, लेख्ने आँट गर्न सक्तिनँ । मान्छेले मलाई मनगणन्ते कुरा लेख्छ भन्ने आरोप लगाउलान् भन्ने डर पनि छ । हामी के भन्छौँ भन्ने कुराको गम्भीरता र गुरुत्वले (ग्राभिटीले) भन्दा बेसी त्यो कसले भनेको हो भन्ने त्यसको आधिकारिकताको सवालले बढी पिरोलिरहेको हुन्छ हामीलाई । किनभने हामीलाई डर छ–यो कहाँबाट ल्याएर राखिस् भनेर कसैले सोध्यो भने हामीले एउटा ’अथेन्टिक’ व्यक्त्स्रिोतको नाम लिन्दिन विचारले विश्वसनीयता (कहिलेकाहीँ त वैधता समेत) पाउन सक्तैन । यसरी, कुनै सर्जकभित्र रहेको सिर्जनशील ऊर्जाको स्रोत नै सुकेर गैरहेको हुन्छ, केही मात्रामै किन नहोस् । दुःखको कुरो !
तर, तिमी सही छौ । रुचिसाथ पढेको र त्यसमा रमाएको कुरालाई पनि हामी बिर्सिन्छौँ कतिपय अवस्थामा। मैले अनुभव गरेको छु, कतिपय अवस्थामा मलाई आधारातमा कुनै विचार फुर्छ । मैले तत्कालै उठेर कलम समाएँ भने ठीक छ, नत्र त्यो कता हराउँछ कता । यो पनि मैले बुझ्न नसकेको कुरो हो ।
’ह्या, सम्झिहाल्छु नि यति जाबो कुरा त, भोलि बिहानै टिपौँला’ भनेर अल्छी मानेर नोटबुकलाई पन्छाएँ भने गयो त्यो विचार! भोलिपल्ट बिहान मरिकाटे सम्झिन सक्तिनँ । मैले दुई–चार जनासँग शेयर गर्दा उनीहरूले मलाई यो उमेरको कारणले हो भनेका छन्। हो कि खै, थाहा छैन !
एकथरी जोगी–विचार मैले कतै पढेको छु ः कतिपय विचारहरू यति सूक्ष्म हुन्छन् कि तिनीहरू आकाशमा देखापर्ने बादलका टुक्राभन्दा पनि क्षणिक प्रकृतिका हुन्छन्, अहिले छन्, एकै छिनपछि हुँदैनन् । यति सूक्ष्म कि बतासका मधुरा झोक्का जस्ता । आएर गालाका त्वचालाई हल्का म्वाई खान्छन् र हराउँछन्रु। के भयो भनेर थाहा नपाउँदै कता अल्पिन्छन् कता । सूक्ष्मताको कुरो हो यो ।
तिमी टेबुलमा एउटा सिक्का राखेर जाऊ, महिनौ दिनपछि आऊ, त्यो जहाँको त्यहीँ हुन्छ । त्यही टेबुलमा एक मुठ्ठी पानी छर्केर जाऊ, एक घण्टापछि आएर हेर, उडेर गैसकेको हुन्छ । किनभने सूक्ष्म वस्तुहरू पातालिन्छन् र फैलिन्छन; जब हाम्रा इन्द्रीयहरूले तिनीहरूलाई अनुभूत गर्न सक्तैनन्, हामी हरायो भनिदिन्छौँ, बिर्सेँ भनिदिन्छौँ । सिर्जनात्मक विचारहरू सूक्ष्म हुन्छन् अन्य विचारहरूको दाँजोमा। त्यसैले तिनीहरू फैलिन खोज्छन् र फैलिन्छन् । हराएका पो हुन् कि झैँ लाग्छ हामीलाई चाहिँ । अलिकति प्रयास गर्ने हो भने तिनीहरूलाई समेट्न सकिन्छ । त्यसको निम्ति हाम्रो चेतनाले अलिकति सूक्ष्मता हासिल गर्नुपर्छ, किनभने स्थूल माध्यमबाट सूक्ष्म वस्तु हासिल गर्न सकिन्न, जसरी क्रेनद्वारा भुइँको सियो टिप्न सकिन्रुन । कसरी सूक्ष्मता हासिल गर्ने, त्यो चाहिँ बरु खोजीको विषय हुनसक्ला । हाम्रो हार्टफुलनेस–ध्यानमा एउटा महत्वपूर्ण प्रक्रियालाई मैले पालना गर्नुपर्छ, एउटा अभ्यासीको नाताले। त्यो के भने प्रत्येक पटकको ध्यानपछि प्राप्त गरेको अनुभवलाई लेख्नुपर्छ मैले–नघटाइ, नबढाइ; जस्ताको त्यस्तै । यो अभ्यासको उद्देश्य हो–केही महिना्वर्षको अन्तरालपछि म आफ्नो अवस्थामा आएको सूक्ष्म परिवर्तनलाई आफैले अवलोकन गर्नसकूँ, दाँज्नसकूँ र त्यसको मूल्यांकन गर्नसकूँ । यो एउटा गज्जबको कारगर प्रयास साबित हुनजान्छ, यदि मैले इमान्दारीपूर्वक यसको पालना गर्नसकेँ भने । गर्न सकेको छैन, त्यो बेग्लै कुरो हो । समय (काल) मात्रै किन ? देश (आकाश्स्पेस) र मेरो सिंगो अस्तित्वलाई नै मैले एउटा तेर्सो रेखामा राखेँ भने जुन बिन्दुमा (प्वाइन्टमा) छु म अहिले–त्यो मेरो वर्तमान हो । जति धेरै स्थूलता ९नचयककलभकक÷कयष्मिलभकक) रहेको हुन्छ ममा–मैले आफ्नो वरिपरि त्यति नै धेरै मात्रामा देश–कालको जालो ९कउबअभ–तष्mभ mबतचष्ह० लाई खुम्च्याइरहेको हुन्छु र खाल्डोको निर्माण गरिरहेको हुन्छु । अनि, म स्वयं धसिन पुग्छु आफैँले खनेको खाल्डोमा । खाल्डोमा धसिने त्यो गह्रुँगो चिज मेरो अहम् (भनय) हो । डेढ दशक यताको अनुभवबाट मलाई के लागेको छ भने पढेका्सुनेका कुराहरू बिर्सेँ भनेर अहिले मलाई खासै पीर लाग्दैन । के कुरामा विश्वास छ भने तिनीहरू हराएका छैनन् । बरू आफूभित्रको ढुकुटीभित्र कतै हीराको गहना बनेर चम्–चम् चम्केर बसेका छन् । आफ्नो चेतनालाई अलिकति सूक्ष्म बनाउन सकेँ भने मैले तिनीहरूलाई देख्न र अनुभूत गर्नसक्छु । अब, अहम्को गह्रुँगो डल्लोलाई मैले क्रसरमा राखेर टुक्रा पारेँ, ग्राइन्डरमा राखेर धुलो बनाएँ र त्यस धुलोलाई पनि अझै सूक्ष्म र अझै मिहिन बनाउँदै जाँदा एउटा यस्तो अवस्था आउँछ जहाँ म त्यसलाई देख्ननसक्ने हुन्छु ।
त्यो हलुको अवस्था नै मेरो निम्ति पूर्ण–चैतन्यावस्था हो । त्यहाँसम्म पुग्दा फैलिएर म सर्वकालिक र सर्वव्यापी भैसकेको हुन्छु । अनि भूत–भविष्यको के अर्थ रहन्छ र मेरो लागि ?
यो सबै मैले भनेको होइन; हजारौँ वर्षदेखि भनिँदै आएको कुरो हो । थोरैले मानेका छन्, धेरैले मान्दैनन्, किनभने त्यो सूक्ष्मतामा, त्यो मिहिनतामा, हुनसक्छ, १० करोडमा एक जना पुग्न सकेको होला, मुस्किलले । त्यसै हुनाले, तिमीले होस् वा मैले, ‘अध्यात्म सम्बन्धको विषयमा मेरो अनुभव, ज्ञान, केही पनि छैन’ भन्छौँ भने त्यो एकदम स्वाभाविक हो। यो हाम्रो इमान्दार स्वीकारोक्ति हो । हामी त्यो अति नै दुर्लभ एकभित्र पर्दैनौँ । नौ करोड ९९ लाख ९९ हजार ९९९ को सामान्य संख्याभित्र पर्छौँ । र, त्यसैले, आफ्नो भनाइमा सही छौँ । किन कि, सबै हामीजस्तै नै हुन् । हामी धेरैले गीता पढ्दैनौँ । के खाँचो? तैपनि गीता–गीता भन्छन्, पढिदिउँ न त भनेर पढ्दा मलाई हाँसो उठेको थियो । गफको पोको जस्तो लागेको थियो । एउटा घमण्डीले फलाकेको आत्म–प्रशंसाको संगालो जस्तो लागेको थियो । त्यो ’घमण्डी’ले भाइ पर्ने साथीलाई ढुक्कसँग भन्दै थियो, ‘जुन रहस्य्ज्ञान म बताउँदैछु तिमीलाई, त्यसलाई मैले धेरै अगाडि सृष्टिको शुरूमा सूर्यदेव विवस्वानलाई बताएको थिएँ । उनले यो मनुलाई बताए, मनुले यो इक्ष्वाकुलाई बताए । धेरै लामो समयान्तराल पछि म अहिले तिमीलाई बताउँदै छु, किनकि तिमी मेरो प्यारो सखा हौ । त्यो भाइले छक्क पर्दै सोध्यो, ‘दाइ, तपाईं र म त समकालीन नै हौँ, तपाईं मभन्दा दुई–चार वर्षले जेठो हुनुहोला, अनि कसरी तपाईंले यो कुरा सृष्टिको शुरूमा सूर्यदेवलाई भन्न भ्याउनुभयो ? कुरो बुझिनँ मैल भाइले नौ करोड ९९ लाख ९९ हजार ९९९ को बोली बोलेको थियो, हामीले जस्तै । तर, दाइ त्यसभित्र पर्दैनथ्यो । उसले भन्यो, ‘तिमी, म र सबै यहीँ छौँ, कतै गएका छैनौँ, कहीँ हराएका छैनौँ, आदिदेखि अन्त्यसम्म यहीँ छौँ र सँगै छौँ। फरक यत्ति हो–मलाई यो सबै थाहा छ, तिमीलाई थाहा छैन, तिम्रो स्मृतिमा यो कुरा छैन ।’ दाइले भाइलाई गज्जबसँग त्यो एक र बाँकी नौ करोड ९९ लाख ९९ हजार ९९९रु बीचको भेद बताइदियो, र यो पनि बतायो, मैले भनेको जस्तो ग¥यांै भने तिमी पनि मजस्तै बन्नसक्छौ, देश–कालबाट मुक्त । चिजहरू विस्मृतिमा गएका होइनन् वास्तवमा, किनभने तिनीहरू नाश हुँदैनन् । तिनीहरू अवस्मृति (कगद–mझयचथ) मा गएका हुनसक्छन्, चिदाकाशमा लहराइरहेका हुनसक्छन्, जसलाई हामी खाल्डोमा धसिएका’ स्थूल अस्तित्व’हरूले देख्न र अनुभूत गर्न सक्तैनौँ ।
जब त्यो अहम्को डल्लो चूर–चूर भएर पदार्थ कम र ऊर्जा बढी हुन थाल्छ, त्यो सर्वव्यापी बनेर फैलिन्छ, सर्वशक्तिमान बनेर हावी हुन्छ र सर्वज्ञ बनेर छाउँछ । किनभने त्यतिबेला त्यो देश–कालको म्याट्रिक्सभित्र हुँदैन । समयरेखामा रहेको त्यो एउटा नगण्य आयाम–रहित बिन्दु अब सिन्धु भैसकेको हुन्छ, सम्पूर्ण आयामहरूबाट बाहिर ।
त्यो न समय हो, न त स्थान हो अब । त्यतिबेला त्यो ऊर्जा शुद्ध चेतनाको रूपमा प्रकट हुन्छ–परम–चैतन्य–स्वरूपमा । अनि हामी नौ करोड ९९ लाख ९९ हजार ९९९ भित्र पर्नेहरू त्यो एकलाई परमात्मा भन्छौँ र त्यसप्रति नतमस्तक हुन बाध्य हुन्छौँ !
डेढ दशक यताको अनुभवबाट मलाई के लागेको छ भने पढेका्सुनेका कुराहरू बिर्सेँ भनेर अहिले मलाई खासै पिर लाग्दैन। के कुरामा विश्वास छ भने तिनीहरू हराएका छैनन् । बरू आफूभित्रको ढुकुटीभित्र कतै हीराको गहना बनेर चम्–चम् चम्केर बसेका छन्। आफ्नो चेतनालाई अलिकति सूक्ष्म बनाउन सकेँ भने मैले तिनीहरू लाई देख्न र अनुभूत गर्नसक्छु ।
हामीलाई थाहा छ, बाहिरबाट आएका जानकारीहरू र सूचनाहरू (पलयधभिमनभ बलम ष्लायचmबतष्यल) हुन् र तिनै जानकारीहरूभित्र अव–चेतनको तहबाट रसाएर आउँछन् भने तिनीहरू ज्ञान (धष्कमयm) हुन्छन् । तिनीहरू अन्तरात्माको कारखानाबाट खारिएर परिष्कृत बनेर आएका हुन्छन् ।
त्यसैले हामी ध्यान गरेर ज्ञान पाइन्छ भन्ने गर्छौँ । ध्यान गर्दा हामी त्यही अव–चेतन तलमा स्थिर रहने बलहीन प्रयत्न (भाायचतभिकक भाायचत) गरिरहेका हुन्छौँ । साभार…..









